-
व्यवस्था १५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+
-
-
भजन ४१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+
यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।
-
-
भजन ११२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+
י [योद]
उसले आफ्नो सबै काम न्यायसाथ गर्छ।
-
-
हितोपदेश ३:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भने
खाँचोमा परेकालाई मदत गर्न पछि नहट।+
-
-
१ तिमोथि ६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्, तिनीहरू असल काममा धनी होऊन्, उदार होऊन्, बाँडचुँड गर्न तत्पर होऊन्+
-
-
१ युहन्ना ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
-