-
यसैया ९:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूले आफ्नो दाहिनेतिरको भाग काटेर खानेछन्,
तैपनि भोकै हुनेछन्
अनि आफ्नो देब्रेतिरको भाग पनि खानेछन्
तैपनि तिनीहरूको भोक मेटिनेछैन।
प्रत्येकले आफ्नै पाखुराको मासु खानेछ।
-
मिका ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीहरूले खानेछौ तर अघाउनेछैनौ;
तिमीहरूको पेट खाली रहनेछ।+
तिमीहरू जे कुरा लैजान्छौ, त्यसलाई जोगाउन सक्नेछैनौ,
तिमीहरूले लगेको कुरा म तरबारलाई सुम्पिदिनेछु।
-
-
हाग्गै १:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरू प्रशस्तै छर्छौ तर थोरै मात्र कटनी गर्छौ।+ तिमीहरू खान त खान्छौ तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ तर तिमीहरू कसैलाई पनि न्यानो हुँदैन। ज्यालामा काम गर्नेले आफ्नो ज्याला प्वाल परेको थैलीमा राख्छ।’”
-
-
-