-
व्यवस्था १८:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्; त्यो नै तिनीहरूको अंश हो।+ २ त्यसैले तिनीहरूले आफ्ना इस्राएली भाइबन्धुबीच कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। यहोवा परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ।
-
-
इजकिएल ४४:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “‘तिनीहरूको अंश यो हुनेछ: म नै तिनीहरूको अंश हुँ।+ पुजारीहरूले इस्राएलमा कुनै सम्पत्ति पाउनेछैनन् किनकि म नै तिनीहरूको सम्पत्ति हुँ।
-