-
गन्ती १३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए।
-
-
गन्ती २०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ इस्राएलीहरूको सारा समुदाय कादेसबाट यात्रा गरेर होर डाँडा आइपुग्यो।+
-
-
गन्ती ३३:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ एज्योन-गेबेरबाट हिँडेपछि तिनीहरूले जिन निर्जनभूमि+ अर्थात् कादेसमा पाल टाँगे।
-
-
व्यवस्था २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+
-