प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्‍वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्‍त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्‍वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो।

  • भजन ९०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे यहोवा, फर्कनुहोस्‌!+ यस्तो कहिलेसम्म भइरहन्छ?+

      आफ्ना सेवकहरूमाथि दया देखाउनुहोस्‌।+

  • भजन १०६:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्यो

      अनि आफ्नो अपार प्रेमको* कारण उहाँ दयाले भरिनुहुन्थ्यो।*+

  • भजन १३५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यहोवाले आफ्ना मानिसहरूको रक्षा गर्नुहुनेछ,*+

      आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने