१३ किनकि गर्भको हरेक पहिलो सन्तान मेरै हुन्।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई प्रहार गरेको दिन+ इस्राएलका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो लागि छुट्ट्याएँ।+ तिनीहरू मेरै हुन्। म यहोवा हुँ।”
१५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात् जसलाई तिनीहरू यहोवा परमेश्वरसामु अर्पण गर्छन्, ती तिमीहरूकै होऊन्। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+
१७ पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना आओस् भनेर बोसोचाहिँ आगोमा जलाउनू।+