-
प्रस्थान ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+
-
-
व्यवस्था ५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्रामदिन मान्ने आज्ञा दिनुभयो।
-