-
व्यवस्था १५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरूमाझ कोही पनि गरिब नहोस्। किनभने यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा जुन देश दिनुहुनेछ, त्यहाँ यहोवा परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ।+
-
-
व्यवस्था १५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+
-
-
लुका ६:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्। ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+
-