-
व्यवस्था १५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+
-
-
लुका ६:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्।”
-
-
२ कोरिन्थी ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर यस विषयमा जसले कन्जुस्याइँ गरेर छर्छ, उसले थोरै नै कटनी गर्नेछ अनि जसले उदारतासाथ छर्छ, उसले प्रशस्तै कटनी गर्नेछ।+
-
-
१ युहन्ना ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
-