-
व्यवस्था १४:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “तिमीहरूले प्रत्येक तीन वर्षको अन्तमा तेस्रो वर्षको उब्जनीको सबै दशांश आफ्नै सहरमा जम्मा गर्नू।+ २९ सहरमा कुनै पैतृक सम्पत्ति वा अंश नपाएका लेवीहरूले अनि विदेशीहरू, अनाथहरू* र विधवाहरूले ती खाऊन् र सन्तुष्ट होऊन्।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+
-
-
हितोपदेश १४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ
तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+
-
-
१ युहन्ना ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ कसैसित यस संसारको भौतिक धनसम्पत्ति छ तर आफ्नो भाइलाई खाँचो परेको देखेर पनि करुणा देखाउन इन्कार गर्छ भने परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र?+
-