-
लेवी २६:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्।+ १७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+
-
-
दानिएल ९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्घन गरेका छन्; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ।
-