२त्यसपछि नुनका छोरा यहोसुले सित्तिमबाट+ सुटुक्क दुई जना मानिसलाई जासुसी गर्न पठाए। यहोसुले तिनीहरूलाई भने: “जाओ र त्यो देश, खासगरि यरिहोबारे सबै कुरा बुझेर आओ।” ती दुई जना जासुस गए अनि राहाब+ नाम गरेकी वेश्याको घरमा पुगे र तिनीहरू त्यहीँ बसे।
१६गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+