११ यसरी वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुनेपछि+ यसो भने: “हेर त! रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूले हाम्रो इलाकामा के गरेछन्! तिनीहरूले यर्दननजिकै कनानको सिमानामा एउटा वेदी बनाएका छन्।” १२ यो कुरा सुनेपछि इस्राएलीहरूको सारा समुदाय तिनीहरूसित लडाइँ गर्न सिलोमा+ जम्मा भयो।