-
लेवी २५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “‘यदि तिम्रो छिमेकी गरिब भयो र उसले आफ्नो केही जमिन बेच्नुपऱ्यो भने नजिकको नातेदार आएर मोल तिरिदेओस् र उसको जमिन फिर्ता गरिदेओस्। यसरी त्यो नातेदार उसको निम्ति मोल तिरेर छुटाउने व्यक्ति हुनेछ।+
-
-
व्यवस्था २५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून् र आफ्नो कर्तव्य पूरा गरून्।+ ६ अनि तिनीहरूबाट जन्मेको पहिलो सन्तानले मरिसकेको दाजु वा भाइको वंश कायम गरून्।+ यसरी इस्राएलबाट तिनको नाम मेटिन नपाओस्।+
-