१६यसरी तिनीहरूले साँचो परमेश्वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्वरसामु अग्निभेटी र मेलबलि* चढाए।+
४ तर दाउदले साँचो परमेश्वरको सन्दुक* किर्यथ-येरिमबाट+ आफूले त्यसको निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए। तिनले त्यसको निम्ति यरुसलेममा एउटा पाल टाँगेका थिए।+