१६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+