-
१ समुएल ९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ सहरमा छिर्नेबित्तिकै तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ। छिटो गइहाल्नुहोस् नत्र त उहाँ अग्लो थानमा भोजन गर्न गइसक्नुहुनेछ। उहाँ आएर बलिलाई आशिष् नदेउन्जेल मानिसहरूले खाँदैनन्। उहाँले आशिष् दिइसकेपछि मात्र निम्तालुहरूले खान थाल्नेछन्। अब गइहाल्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ।”
-
-
१ समुएल ९:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अनि भान्छेले फिला ल्याएर साउलको अगाडि टक्य्राए। तब समुएलले भने: “यो मासु तपाईँकै लागि भनेर तयार पारिएको हो। यो भाग यही अवसरको लागि तपाईँको निम्ति छुट्ट्याएर राखिएको हो। त्यसैले खानुहोस् किनभने ‘मैले पाहुनाहरू बोलाएको छु’ भनेर तिनीहरूलाई बताएको थिएँ।” त्यो दिन साउलले समुएलसँगै बसेर खाए।
-