-
यहोसु ७:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले भोलिपल्ट यहोसु सबेरै उठे र तिनले इस्राएलीहरूलाई आ-आफ्नो कुलअनुसार भेला गराए। त्यसबाट यहुदाको कुल छानियो। १७ यहोसुले यहुदाको कुलका घरानाहरूलाई अगाडि आउन लगाए र त्यसबाट जेरहको घराना छानियो।+ त्यसपछि यहोसुले जेरहको घरानाका परिवारहरूलाई अगाडि आउन लगाए र त्यसबाट जब्दैको परिवार छानियो। १८ अन्तमा यहोसुले जब्दैको परिवारका सदस्यहरूलाई अगाडि आउन लगाए र त्यसबाट आकान छानिए।+ तिनी यहुदाको कुलका जेरहका वंशका जब्दैका नाति र कर्मिका छोरा थिए।
-