प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जोनाथनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि ती बेखतनेहरूको चौकीमा जाऔँ।+ यहोवा परमेश्‍वरले हामीलाई मदत गर्नुहुन्छ होला। चाहे हामी धेरै होऔँ वा थोरै, तिनीहरूलाई जित्न यहोवा परमेश्‍वरले हामीलाई साथ दिनुहुनेछ, उहाँलाई कुनै कुराले रोक्न सक्दैन।”+

  • २ समुएल ५:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब दाउदले यहोवा परमेश्‍वरसित सल्लाह मागे अनि उहाँले भन्‍नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू। २४ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्‍नेबित्तिकै तिमीहरूले कदम चाल्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न यहोवा परमेश्‍वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”

  • २ राजा ६:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ साँचो परमेश्‍वरको सेवकका चाकर बिहान सबेरै उठेर बाहिर निस्कँदा उनले घोडाहरू र रथहरूसहित आएको सेनाले सहरलाई घेरेको देखे। यो देख्नेबित्तिकै उनले भने: “मालिक! मालिक! अब हामी के गरौँ?” १६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने