-
गन्ती २७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ कुनै विषयमा परमेश्वरको विचार बुझ्नुपऱ्यो भने तिनी पुजारी एलियाजारकहाँ आउनेछन्। अनि पुजारी एलियाजार तिनको तर्फबाट यहोवा परमेश्वरसामु जानेछन् र ऊरीमको* सहायताले परमेश्वरको निर्णय पत्ता लगाउनेछन्।+ अनि उहाँले जे आदेश दिनुहुन्छ, सबैले त्यो पालन गर्नेछन्। यहोसु, तिनीसँग भएका सबै इस्राएली र पूरै समुदायले त्यो आज्ञा पालन गर्नेछन्।”
-
-
१ समुएल २३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यो कुरा सुनेपछि दाउदले यहोवा परमेश्वरसित यस्तो सल्लाह मागे:+ “म ती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ?” यहोवा परमेश्वरले दाउदलाई भन्नुभयो: “जाऊ, ती पलिस्तियालीहरूलाई आक्रमण गर र केइलाहलाई जोगाऊ।”
-
-
१ समुएल २३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ केइलाहका नाइकेहरूले* के मलाई साउलको हातमा सुम्पिदिनेछन्? अनि तपाईँको यस सेवकले सुनेझैँ के साउल केइलाह आउनुहुनेछ? हे इस्राएलका परमेश्वर यहोवा, कृपया तपाईँको यस सेवकलाई बताउनुहोस्।” तब यहोवा परमेश्वरले भन्नुभयो: “हो, ऊ यहाँ आउनेछ।”
-