३ यहोवा परमेश्वरले इस्राएलीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। अनि इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई सर्वनाश गरे। त्यसकारण इस्राएलीहरूले त्यस ठाउँको नाम होर्माह* राखे।+
१७ तर यहुदाको कुलका मानिसहरू भने आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूसँगै गए र तिनीहरूले जेफाथमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई ध्वस्त पारिदिए।+ त्यसैले तिनीहरूले त्यस सहरको नाम होर्माह*+ राखे।