-
गन्ती १६:४६, ४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ तब मोसाले हारुनलाई भने: “धुपौरो लिएर त्यसमा वेदीबाट कोइला भर्नुहोस्+ र त्यसमाथि धूप राख्नुहोस्। त्यसपछि तुरुन्तै सारा समुदायकहाँ गएर तिनीहरूको निम्ति प्रायश्चित गरिदिनुहोस्+ किनभने यहोवा परमेश्वरको क्रोध दन्किसकेको छ। उहाँले तिनीहरूमाथि विपत्ति ल्याइसक्नुभएको छ!” ४७ हारुनले मोसाले भनेझैँ गरे; तिनी धुपौरो लिएर तुरुन्तै समुदायकहाँ दौडेर गए। अनि हेर! विपत्ति सुरु भइसकेको थियो। त्यसैले तिनले धुपौरोमा धूप राखे र मानिसहरूको निम्ति प्रायश्चित गर्न थाले।
-
-
गन्ती २५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि तिनी त्यस इस्राएली पुरुषको पछिपछि पालभित्र गए अनि त्यस इस्राएली पुरुषलाई र त्यस स्त्रीलाई उसको भुँडीमा वारपार हुनेगरि भाला रोपिदिए। त्यसपछि इस्राएलीहरूको माझबाट विपत्ति हट्यो।+
-