-
२ राजा २२:४-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “प्रधानपुजारी हिल्कियाहकहाँ+ जानुहोस् र ढोकेहरूले मानिसहरूबाट लिएर यहोवा परमेश्वरको भवनमा+ जम्मा गरेका सबै पैसा निकाल्न लगाउनुहोस्।+ ५ अनि त्यो पैसा यहोवा परमेश्वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन लगाउनुहोस्। त्यसपछि ती निरीक्षकहरूले त्यो पैसा यहोवा परमेश्वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्ने कामदारहरू+ ६ अर्थात् शिल्पकारहरू, डकर्मीहरू र ढुङ्गाको काम गर्नेहरूलाई देऊन्। तिनीहरूले त्यो पैसाले काठहरू र नापअनुसार काटिएका ढुङ्गाहरू किनून् र परमेश्वरको भवन मर्मत गरून्।+
-
-
२ इतिहास २४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि राजा र यहोयादाले त्यो पैसा यहोवा परमेश्वरको भवनको कामको निरीक्षण गर्नेहरूलाई दिन्थे। अनि यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्न ती निरीक्षकहरूले ढुङ्गा काट्नेहरू र शिल्पकारहरूलाई ज्यालामा ल्याउँथे।+ साथै उनीहरूले यहोवा परमेश्वरको भवन मर्मत गर्न फलाम र तामाको काम गर्नेहरूलाई पनि ज्यालामा ल्याउँथे।
-