-
१ इतिहास २९:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहोवा परमेश्वरले सबै इस्राएलीसामु सुलेमानलाई निकै महान् तुल्याउनुभयो। उहाँले उनलाई यत्ति धेरै राजसी गौरव दिनुभयो, त्यत्ति धेरै गौरव त इस्राएलमा उनीअघिका कुनै राजाले पाएका थिएनन्।+
-
-
उपदेशक २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मसित के मात्र थिएन र? मसित जे-जति थियो, त्यो मभन्दा अघि यरुसलेममा अरू कसैसित थिएन।+ तैपनि मैले आफ्नो सुद्धीबुद्धि गुमाइनँ।
-
-
मत्ति ६:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ साथै लुगाफाटाको विषयमा पनि तिमीहरू किन चिन्ता गर्छौ? मैदानका लिली फूलहरू कसरी बढ्छन्, त्यो हेरेर पाठ सिक। तिनीहरू न परिश्रम गर्छन् न त धागो कात्छन्। २९ तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत+ यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्।
-