प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनले पवित्र खामो कुँदेर बनाउन लगाए+ र त्यसलाई यहोवा परमेश्‍वरको भवनमा लगेर राखे, जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनको छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यो भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+ ८ इस्राएलीहरूले मेरा सबै आज्ञा र मेरा सेवक मोसाले दिएको सम्पूर्ण व्यवस्था होसियारीसाथ पालन गरे भने+ मैले उनीहरूका पितापुर्खालाई दिएको देशबाट म उनीहरूलाई कहिल्यै निकाल्नेछैनँ;+ उनीहरूलाई भौँतारिन लगाउनेछैनँ।” ९ तर उनीहरूले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌ अनि मनस्सेले उनीहरूलाई भड्‌काएर गलत बाटोमा लैजान छोडेनन्‌। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले उनीहरूको सामुन्‍नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+

  • २ राजा २३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “जसरी मैले इस्राएललाई मेरो सामनेबाट हटाएको थिएँ,+ त्यसरी नै म यहुदालाई मेरो सामनेबाट हटाइदिनेछु।+ मैले रोजेको सहर यरुसलेमलाई म त्याग्नेछु। अनि जुन भवनको विषयमा मैले यसो भनेको थिएँ, ‘म यस भवनसित आफ्नो नाम जोड्‌नेछु,’ त्यसलाई पनि म तिरस्कार गर्नेछु।”+

  • २ इतिहास ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मेरो नाम सधैँभरि यस भवनसित जोडियोस्‌ भनेर मैले यस भवनलाई रोजेको छु र यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने