-
२ राजा २१:१९-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्। २० अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २१ उनी आफ्ना बुबाकै चालमा हिँडिरहे। उनले आफ्ना बुबाले पुजेका घिनलाग्दा मूर्तिहरूलाई पुज्न र दण्डवत् गर्न छोडेनन्।+ २२ उनले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागे। उनी यहोवा परमेश्वरको मार्गमा हिँडेनन्।+ २३ पछि अमोनका सेवकहरूले उनीविरुद्ध षड्यन्त्र रचे र उनकै महलमा उनको हत्या गरे। २४ तर देशका मानिसहरूले राजा अमोनविरुद्ध षड्यन्त्र रच्ने सबैलाई मारे। त्यसपछि तिनीहरूले उनका छोरा योसियाहलाई राजा बनाए।+
-