-
१ राजा १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि यहोवा परमेश्वरको आज्ञाअनुसारै उहाँका ती सेवकले त्यस वेदीविरुद्ध यस्तो अनिष्ट वाणी सुनाए: “ए वेदी! ए वेदी! यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘हेर! दाउदको घरानामा योसियाह+ नाम गरेको बालक जन्मनेछ। उसले अग्ला थानहरूमा* सेवा गर्ने अनि तँमाथि उक्लेर माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउने पुजारीहरूलाई तँमाथि जलाउनेछ। उसले तँमाथि मान्छेको हड्डी जलाउनेछ।’”+
-
-
२ राजा २३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ योसियाहले फर्केर हेर्दा डाँडामा चिहानहरू देखे। तब तिनले ती चिहानहरूबाट हड्डीहरू निकाल्न लगाए र ती हड्डीहरू वेदीमा जलाएर त्यस वेदीलाई उपासनाको लागि चलाउनै नमिल्ने बनाइदिए। यसरी साँचो परमेश्वर यहोवाका सेवकले घोषणा गरेको उहाँको वचन पूरा भयो। यी सबै घटना हुनेछन् भनेर ती सेवकले भविष्यवाणी गरेका थिए।+
-