-
२ राजा २२:३-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ योसियाहले आफ्नो शासनकालको १८ औँ वर्षमा मेसुल्लामका नाति, अजल्याहका छोरा सचिव सापानलाई यसो भनेर यहोवा परमेश्वरको भवनमा पठाए:+ ४ “प्रधानपुजारी हिल्कियाहकहाँ+ जानुहोस् र ढोकेहरूले मानिसहरूबाट लिएर यहोवा परमेश्वरको भवनमा+ जम्मा गरेका सबै पैसा निकाल्न लगाउनुहोस्।+ ५ अनि त्यो पैसा यहोवा परमेश्वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन लगाउनुहोस्। त्यसपछि ती निरीक्षकहरूले त्यो पैसा यहोवा परमेश्वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्ने कामदारहरू+ ६ अर्थात् शिल्पकारहरू, डकर्मीहरू र ढुङ्गाको काम गर्नेहरूलाई देऊन्। तिनीहरूले त्यो पैसाले काठहरू र नापअनुसार काटिएका ढुङ्गाहरू किनून् र परमेश्वरको भवन मर्मत गरून्।+
-