प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१४-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब पुजारी हिल्कियाह, आक्बोर, सापान र असयाह भविष्यवक्‍ता हुल्दाहकहाँ गए।+ उनका पति साल्लुम थिए, जो हारहसका नाति अनि तिक्भाहका छोरा थिए। साल्लुम वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसर थिए। हुल्दाह ‘यरुसलेमको नयाँ बस्ती’-मा बस्थिन्‌। योसियाहले पठाएका मानिसहरू त्यहीँ गएर उनीसित कुरा गरे।+ १५ हुल्दाहले तिनीहरूलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई यसो भन: १६ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+ १७ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+ १८ तर तिमीहरूलाई यहोवा परमेश्‍वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: १९ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन्‌ र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु, यहोवा घोषणा गर्नुहुन्छ। २० मैले यस ठाउँमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’” त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने