१७ “त्यसैकारण सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘मैले यहुदा र यरुसलेमका बासिन्दाहरूमाथि जे-जे विपत्ति ल्याउँछु भनेको थिएँ, म ती सब ल्याउनेछु।+ किनकि मैले तिनीहरूलाई सम्झाउँदा पनि तिनीहरूले सुनेनन्। मैले तिनीहरूलाई बोलाइरहेँ तर तिनीहरूले जवाफ दिएनन्।’”+