३ तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+
६ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए अनि जादु गर्ने, शकुन-अपशकुन हेर्नेजस्ता कामहरू गरे।+ साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्त गरे।+ तिनले यहोवा परमेश्वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।
२८राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+
३ साथै तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा* माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाए र आफ्ना छोराहरूलाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए,+ जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो।