प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:३-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले इस्राएलीहरूको सारा समुदायलाई यसो भन्‍नू, ‘यस महिनाको दसौँ दिन तिमीहरूले आ-आफ्नो परिवारको लागि एउटा-एउटा भेडा ल्याउनू।+ यसरी प्रत्येक परिवारले एउटा भेडा ल्याउनू। ४ तर तिमीहरूको परिवार सानो छ र सिङ्‌गै भेडा खान सक्दैनौ भने तिमीहरू जति जना छौ, त्यसैअनुसार हिसाब गरेर आफ्नो घरनजिकैको छिमेकीसित मिलेर खानू। प्रत्येकले त्यो भेडाको कति मासु खान सक्छ, त्यसैअनुसार तिमीहरूले हिसाब गर्नू। ५ तिमीहरूले कुनै खोट नभएको एक वर्षको पाठो ल्याउनू;+ त्यो पाठो कि भेडाको कि त बाख्राको होस्‌। ६ तिमीहरूले यस महिनाको १४ औँ दिनसम्म त्यसलाई स्याहार्नू+ अनि इस्राएलीहरूको प्रत्येक परिवारले त्यस पाठोलाई त्यही दिनको साँझतिर* मार्नू।+ ७ अनि जुन-जुन घरमा पाठो खाइन्छ, त्यस घरको ढोकाको दुवैपट्टिका खामा र माथिल्लो भागमा त्यसको रगत छर्कनू।+

      ८ “‘तिमीहरूले त्यही रात त्यसको मासु आगोमा पोल्नू अनि खमिर* नहालेको रोटी+ र तीते सागसित+ खानू।+ ९ त्यसको मासु काँचै नखानू। पानीमा उसिनेर पनि नखानू। बरु टाउको, खुट्टा र भित्री भागहरूसमेत पोलेर खानू। १० तिमीहरूले त्यसको कुनै पनि भाग बिहानसम्म रहन नदिनू। बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू।+ ११ पटुका बाँधेर, जुत्ता लगाएर अनि लौरो हातमै लिएर तिमीहरूले छिटो-छिटो त्यो मासु खानू। यसरी तिमीहरूले यहोवाको निम्ति निस्तार चाड* मनाउनू।

  • २ राजा २३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजाले सबै मानिसलाई यस्तो आदेश दिए: “करारको यस पुस्तकमा लेखिएअनुसारै आफ्ना परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाओ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने