-
इजकिएल १७:१२-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “त्यो विद्रोही घरानालाई यसो भन, ‘के तिमीहरू यसको अर्थ बुझ्दैनौ? हेर, बेबिलोनका राजा यरुसलेम आए र त्यहाँका राजा र भारदारहरूलाई आफूसितै लिएर गए।+ १३ तिनले राजघरानाकै एक जनासित+ करार गरे र तिनलाई शपथ खान लगाए।+ त्यसपछि तिनले यरुसलेमका गण्यमान्य मानिसहरूलाई आफूसितै लगे।+ १४ त्यो राज्य बलियो हुन नसकोस् भनेर तिनले त्यसो गरेका थिए। तिनीसित गरेको करार पूरा गरेर मात्र त्यो अस्तित्वमा रहन सक्थ्यो।+ १५ तर पछि यरुसलेमका राजाले विद्रोह गरे।+ तिनले मिश्रमा सन्देशवाहकहरू पठाएर युद्धको निम्ति घोडाहरू+ र विशाल सेना+ मगाए। तर तिनी सफल होलान् र? यस्तो काम गर्नेले सजाय पाउँदैन र? आफूले गरेको करार तोडेर के तिनी उम्कन सक्लान् र?’+
-