१५ तर सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्दा सिरियालीहरूले राजा यहोरामलाई घाइते बनाइदिएका थिए। त्यसैले यहोराम निको हुन यिज्रेल फर्केका थिए।+
तब येहुले आफूसँग भएका सेनापतिहरूलाई भने: “यदि तिमीहरू मेरो पक्षमा छौ भने कसैलाई पनि सहरबाट बाहिर निस्कन नदिनू। यो खबर यिज्रेलमा पुग्न नपाओस्।”