३९ अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्!” ४० त्यसपछि सबै मानिस बाँसुरी बजाउँदै र खुसीले कराउँदै सुलेमानको पछिपछि लागे। तिनीहरूले ठूलो स्वरले जयजयकार गरेकोले जमिनै थर्कियो।+