प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ यसरी राजा सुलेमानले यहोवा परमेश्‍वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्‌ध्याए। त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका सरसामान त्यस भवनमा ल्याए।+ तिनले सुन, चाँदी र अरू सबै थोक यहोवा परमेश्‍वरको भवनको भण्डारमा राखे।+

  • १ राजा १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब आसाले यहोवा परमेश्‍वरको भवनको भण्डारमा र राजमहलको भण्डारमा बाँकी रहेका सबै सुन र चाँदी आफ्ना सेवकहरूको हातमा सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद हेज्योनका नाति र तब्रिमोनका छोरा थिए। उनी दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पठाए:

  • २ राजा २४:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्‌नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+ १३ बेबिलोनका राजाले यहोवा परमेश्‍वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्‍वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा भयो।

  • २ राजा २५:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे।

  • २ इतिहास १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्‍वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने