-
२ राजा १६:१०-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि राजा आहाज अस्सेरियाका राजा तिग्लाथ-पिलेसरलाई भेट्न दमिसक गए। दमिसकमा भएको वेदी देखेपछि राजा आहाजले पुजारी उरियाहलाई त्यस वेदीको नक्सा पठाए। त्यस नक्सामा वेदीको बनौटसम्बन्धी सम्पूर्ण जानकारी थियो।+ ११ राजा आहाजले दमिसकबाट पठाएको एक-एक निर्देशनअनुसारै पुजारी उरियाहले+ वेदी बनाए।+ राजा आहाज दमिसकबाट फर्कनुअघि नै उनले वेदी बनाउन सिद्ध्याए। १२ राजा दमिसकबाट फर्केपछि वेदी हेर्न गए। तिनी वेदीको नजिकै गए र त्यसमा भेटीहरू चढाए।+ १३ तिनले त्यही वेदीमा माथिसम्म धुवाँ उठ्नेगरि अग्निभेटी र अन्नभेटी चढाइरहे। साथै तिनले त्यस वेदीमा मद्यभेटी* चढाए अनि मेलबलिको* रगत पनि छर्के।
-