प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १४:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहुदाका मानिसहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ तिनीहरूले पाप गरे अनि उहाँलाई आफ्ना पितापुर्खाले भन्दा धेरै रिस उठाए।+ २३ तिनीहरूले डाँडा-डाँडामा+ र झ्याम्म परेका हरेक रूखमुनि+ आफ्नो निम्ति अग्ला थानहरू,* पवित्र थामहरू* र पवित्र खामाहरू बनाउन छोडेनन्‌।+

  • २ राजा १५:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ रमल्याहका छोरा इस्राएलका राजा पेकहको शासनकालको दोस्रो वर्षमा यहुदाका राजा उज्जियाहका+ छोरा योताम+ राजा भएका थिए।

  • २ राजा १५:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू भने हटाइएनन्‌ र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+ योतामले नै यहोवा परमेश्‍वरको भवनको माथिल्लो ढोका बनाएका थिए।+

  • २ इतिहास २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे।+

  • २ इतिहास २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यरुसलेमका बासिन्दाहरू वेश्‍यावृत्तिमा लागून्‌* भनेर तिनले यहुदाका डाँडाहरूमा अग्ला थानहरू* बनाए।+ तिनले यहुदाका मानिसहरूलाई बहकाएर परमेश्‍वरदेखि टाढा लगे।

  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले आफ्ना बुबा हिजकियाहले भत्काएका अग्ला थानहरू* फेरि बनाए।+ तिनले पवित्र खामाहरू* ठड्‌याए र बाआल देवताहरूका निम्ति वेदीहरू बनाए। तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने