-
२ इतिहास १५:१०-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिनीहरूलाई आसाको शासनकालको १५ औँ वर्षको तेस्रो महिनामा यरुसलेममा भेला गरिएको थियो। ११ त्यस दिन तिनीहरूले आफूले ल्याएको लुटको मालबाट यहोवा परमेश्वरलाई ७ सय बहर र ७ हजार भेडा बलि चढाए। १२ तिनीहरूले आफ्नो सारा हृदयले र सारा ज्यानले आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको खोजी गर्नेछौँ भनी करार पनि गरे।+ १३ इस्राएलका परमेश्वर यहोवाको खोजी नगर्नेजति सबैलाई मारिने थियो, चाहे तिनीहरू साना होऊन् वा ठूला, स्त्री होऊन् वा पुरुष।+
-