२८ राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ २ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे+ र धातु पगालेर बाआल देवताहरूको मूर्तिसमेत+ बनाए।