-
दानिएल ३:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ नबुकद्नेजरले तिनीहरूलाई सोधे: “ए सद्रक, मेसक र अबेद्नेगो, तिमीहरू मेरा देवताहरूको उपासना गर्दैनौ रे+ अनि तिमीहरूले मैले स्थापना गरेको सुनको मूर्तिलाई ढोग्न इन्कार गऱ्यौ रे, के यो साँचो हो? १५ तर अब तिमीहरूले सिङ, बाँसुरी, सारङ्गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाइएको आवाज सुनेपछि मैले बनाएको सुनको मूर्तिलाई भुईँसम्मै घोप्टो परेर ढोग्यौ भने ठीकै छ। तर यदि तिमीहरूले इन्कार गऱ्यौ भने तिमीहरूलाई उत्तिखेरै दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। अनि हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दो रहेछ!”+
-