-
यहोसु ७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तब यहोसुले दुःखी हुँदै आफ्नो लुगा च्याते र यहोवा परमेश्वरको सन्दुकअगाडि* घोप्टो परे। तिनी र इस्राएलका नाइकेहरू साँझसम्म घोप्टो परिरहे र तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो छरिरहे।
-
-
योना ३:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यो सुनेर निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्ग्रा ओढे। ६ जब निनवेका राजाले योनाको सन्देशबारे सुने, तब तिनी आफ्नो सिंहासनबाट उठे अनि शाही पोसाक उतारेर भाङ्ग्रा ओढे र खरानीमा बसे।
-