-
एस्तर ५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यदि मैले हजुरको निगाह पाएकी छु र हजुर मेरो बिन्ती पूरा गरिदिन चाहनुहुन्छ भने म भोलि पनि हजुर र हामानको लागि भोज लगाउन चाहन्छु। कृपया हामानसितै आउनुहोस्। अनि भोलि म हजुरले भन्नुभएझैँ गर्नेछु।”
-
-
एस्तर ७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ रानी एस्तरले जवाफ दिइन्: “हे महाराज! यदि मैले हजुरको निगाह पाएकी छु भने र हजुरको मर्जी भए बिन्ती छ, म र मेरा मानिसहरूको+ जीवन बचाइदिनुहोस्।
-
-
एस्तर ८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि राजालाई यसो भनिन्: “हे महाराज! यदि हजुरलाई ठीक लाग्छ र मैले हजुरको निगाह पाएकी छु भने मेरो बिन्ती सुनिदिनुहोस्। अनि यदि राजालाई उचित लाग्छ र राजा मदेखि खुसी हुनुहुन्छ भने एउटा लिखित उर्दी जारी गरेर त्यो अगागी+ हाम्मेदाथाको छोरा, षड्यन्त्रकारी हामानको पत्र खारेज गरिदिनुहोस्,+ जुन पत्रमा त्यसले राजाका सबै प्रान्तमा भएका यहुदीहरूलाई नाश गर्ने आदेश दिएको थियो।
-