-
हितोपदेश १४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ
तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ।
-
-
दानिएल ५:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हे महाराज, सर्वोच्च परमेश्वरले हजुरका बुबा नबुकद्नेजरलाई राज्य, मानसम्मान अनि ऐश्वर्य दिनुभयो र उहाँलाई महान् तुल्याउनुभयो।+
-
-
दानिएल ५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर जब उहाँको मन घमन्डले फुल्यो र कठोर भयो अनि उहाँले अहङ्कारी व्यवहार गर्न थाल्नुभयो,+ तब उहाँलाई आफ्नो राज्यको सिंहासनबाट हटाइयो र उहाँको मानसम्मान उहाँबाट खोसियो।
-
-
रोमी २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर तिमीहरूको हृदय कठोर अनि अपश्चात्तापी भएकोले तिमीहरूले आफ्नो निम्ति त्यस दिनका लागि परमेश्वरको क्रोध साँच्दै छौ, जुन दिन उहाँको क्रोध र सही न्याय प्रकट हुनेछ।+
-