-
भजन ११९:७३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७३ तपाईँले आफ्नो हातले मलाई बनाउनुभयो, मलाई आकार दिनुभयो।
मलाई समझशक्ति दिनुहोस्
ताकि मैले तपाईँका आज्ञाहरू सिक्न सकूँ।+
-
-
भजन १३९:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+
तपाईँका कामहरू आश्चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्,+
यो मलाई राम्ररी थाह छ।
१५ जब म गुप्तमा बनिरहेको थिएँ,
जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,
तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्।+
१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;
मेरा अङ्गहरू बन्नुअघि नै
ती कहिले बन्ने हुन् भनेर
तपाईँको पुस्तकमा लेखिएका थिए।
-