-
प्रस्थान ९:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्वरले मिश्रमा असिना बर्साइरहनुभयो।
-
-
१ समुएल १२:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अहिले गहुँ काट्ने समय हो। तर अब म यहोवा परमेश्वरलाई बादल गर्जोस् र पानी परोस् भनेर पुकार्नेछु। तिमीहरूले राजाको माग गरेर यहोवा परमेश्वरको नजरमा कत्ति दुष्ट काम गरेका रहेछौ, त्यसपछि थाह पाउनेछौ।”+
१८ तब समुएलले यहोवा परमेश्वरलाई पुकारे र यहोवा परमेश्वरले त्यो दिन बादल गर्जाउनुभयो अनि पानी पार्नुभयो। त्यो देखेर मानिसहरू यहोवा परमेश्वरदेखि र समुएलदेखि असाध्यै डराए।
-