-
अय्युब ३४:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ किनकि परमेश्वरको नजर मानिसमाथि रहन्छ।+
त्यसका सबै चाल उहाँ देख्नुहुन्छ।
-
-
हितोपदेश ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,
उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+
-
-
यर्मिया १६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिमीहरूले गरेको एक-एक कुरा मैले नियालेको छु।
तिमीहरूको कुनै कुरा मदेखि लुकेको छैन
न त तिमीहरूको गल्ती नै मेरो नजरबाट लुकेको छ।
-