प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २१:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ परमेश्‍वरले दुष्टलाई दिने सजाय त्यसका छोराछोरीको लागि साँचेर राख्नुहुन्छ।

      तर उहाँले त्यसैलाई सजाय भोग्न दिनुभए हुन्थ्यो

      र परमेश्‍वरले दण्ड दिँदै हुनुहुन्छ भनेर त्यसले थाह पाउने थियो।+

      २० त्यसले आफ्नै आँखाले आफ्नो विनाश देख्नुपरोस्‌

      र सर्वशक्‍तिमान्‌को रिसको कचौराबाट पिउनुपरोस्‌।+

  • यर्मिया २५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि इस्राएलका परमेश्‍वर यहोवाले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ।

  • यर्मिया २५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर तिनीहरूले तिम्रो हातमा भएको यस कचौराबाट पिउन मानेनन्‌ भने तिनीहरूलाई भन्‍नू, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरूले पिउनै पर्छ!

  • यर्मिया ४९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा यसो भन्‍नुहुन्छ: “हेर्‌, क्रोधको कचौराबाट पिउने सजाय नपाएकाहरूले त त्यसबाट पिउनुपर्नेछ भने के तैँले चाहिँ सजाय नपाउलास्‌? तँ सजाय नपाई उम्कनेछैनस्‌; तैँले त्यस कचौराबाट पिउनै पर्छ।”+

  • प्रकाश १४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि तेस्रो स्वर्गदूत चर्को स्वरमा यसो भन्दै तिनीहरूको पछिपछि आए: “यदि कसैले त्यो जङ्‌गली जनावर+ र त्यसको मूर्तिको उपासना गर्छ अनि त्यसको चिन्ह आफ्नो निधारमा वा हातमा लिन्छ भने+ १० उसले परमेश्‍वरको क्रोधको त्यो मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ।+ अनि उसलाई पवित्र स्वर्गदूतहरू र पाठोसामु आगो र गन्धकमा सास्ती दिइनेछ।+

  • प्रकाश १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसले गर्दा त्यो ठूलो सहर+ तीन टुक्रा भयो अनि राष्ट्रराष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई+ आफ्नो भयानक क्रोधको मद्यको कचौराबाट पियाउन परमेश्‍वरले त्यसलाई सम्झनुभयो।+

  • प्रकाश १८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसले अरूलाई जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्‌,+ हो, त्यसले गरेका कामहरूको लागि त्यसलाई दुई गुणा सजाय दिइयोस्‌;+ त्यसले जुन कचौरामा+ मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने