-
गन्ती १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो!
-
-
व्यवस्था १:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तिमीहरूले आ-आफ्नो पालमा बसेर यसो भन्दै गनगन गरिरह्यौ, ‘यहोवा परमेश्वर हामीलाई घृणा गर्नुहुन्छ। त्यसैले त उहाँले हामीलाई एमोरीहरूको हातमा सुम्पन र नाश गर्न मिश्रबाट* छुटाएर यहाँ ल्याउनुभयो।
-