-
प्रस्थान १७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।
-
-
गन्ती २०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+
-
-
व्यवस्था ८:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+ १५ उहाँले तिमीहरूलाई विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै ल्याउनुभयो, जहाँ विषालु सर्प र बिच्छीहरू थिए अनि पानी नभएर जमिन सुक्खा थियो।+ त्यहाँ उहाँले चट्टानबाट पानी निकाल्नुभयो।+
-
-
भजन १०७:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ उहाँले मरुभूमिलाई नर्कट उम्रने पोखरी बनाउनुहुन्छ
अनि सुक्खा जमिनमा पानीको मूल फुटाउनुहुन्छ।+
-